
काठमाडौं । बलिउडका वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार गोवास्थित निवासमा गम्भीर छाती दुखाइपछि बेहोस अवस्थामा भेटिएका पाटेकरलाई मणिपाल अस्पताल लगिएको थियो ।
अस्पतालका चिकित्सकले बिहीबार बिहान ५ः२० बजे उनलाई मृत घोषणा गरेका हुन् । उनको निधनको प्रारम्भिक कारण कार्डियक अरेस्ट बताइएको छ ।
घटनाबारे मेडिको–लिगल केस दर्ता गरिएको र मृत्युको यकिन कारण पत्ता लगाउन पोस्टमार्टम गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
विश्वनाथ पाटेकर नामबाट जन्मिएका नाना पाटेकर हिन्दी र मराठी चलचित्रका चर्चित अभिनेता थिए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित