
काठमाडौं । सर्वोच्च अदालतको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) सोमबार बिहानदेखि जारी छ । पेसी सूची प्रकाशित भइसके पनि न्यायाधीशहरू इजलासमा नगई बैठकमा छलफल गरिरहेका छन् ।
सर्वोच्च अदालत प्रशासनका अनुसार फूलकोर्ट कम्तीमा खाजा खाने समयसम्म चल्ने सम्भावना छ । त्यसपछि मात्रै न्यायाधीशहरू इजलासमा जानेछन् ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश हरि फुयालको ह्वाट्सएप म्यासेज तथा अन्य विवरण सार्वजनिक भएपछि सर्वोच्च अदालतको फूलकोर्टमा छलफलको विषय बनेको थियो । यही विषयमा छलफल गर्न प्रधानन्यायाधीश शर्माले सोमबार बिहान बैठक बोलाएका हुन् ।
म्यासेज सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि महाभियोग प्रस्तावबारे छलफल गरेको थियो । यसबारे निर्णय गर्ने जिम्मेवारी रास्वपाले संसदीय दललाई दिएको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित