जनकपुरलाई २ रनले हराउँदै विराटनगर विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ ।

विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो ।

विराटनगरका लागि लोकेश बम, इमरान शेख र आन्द्रे रसेलले अर्धशतकीय पारी खेले । ओपनर सेहान जयसुरिया ३ बलमा १ रन बनाएर आउट भए पनि बमले ४० बलमा ५०, शेखले ४५ बलमा ५६ र रसेलले २९ बलमा अविजित ५२ रन बनाए ।

बमले ३ चौका र ३ छक्का, शेखले ५ चौका र २ छक्का तथा रसेलले २ चौका र ५ छक्का प्रहार गरे । शुभम रन्जनेले ५ बलमा अविजित ७ रन जोडे ।

जनकपुरका लागि अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए । अन्य बलरले विकेट लिन सकेनन् । जनकपुरका जेम्स निसम भने महँगो सावित भए । उनले २ ओभरमा २८ रन खर्चिए ।

प्रतिक्रिया

ताजा समाचार