एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो । यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

बोर्डका अनुसार नतिजा केहीबेरपछि वेबसाइटमा पनि उपलब्ध हुनेछ ।

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षाको उत्तरपुस्तिका यसपटक परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो । यही कारण अघिल्ला वर्षको तुलनामा छिट्टै नतिजा सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ।

कसरी हेर्ने नतिजा ?

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका

–नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
–जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
–एम्बिसन गुरु: ३१०६१ (SMS सेवा मात्र)

वेबसाइटबाट कसरी ?

–आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np
–नेपाल टेलिकम: www.see.ntc.net.np
–कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
–इडियु सञ्जाल: www.see.edusanjal.com
–खल्ती: https://khalti.com/app

प्रतिक्रिया

ताजा समाचार