हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिविरुद्ध परेको रिटमा उच्च अदालत पाटन, हेटौंडा इजलासले कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले निवेदन मागबमोजिम आदेश जारी गर्नुपर्ने वा नपर्नेबारे लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश दिएको हो।
अन्तरिम आदेश दिने वा नदिने विषयमा भने भदौ १० गते दुवै पक्षबीच छलफल हुने भएको छ। राप्रपा सांसद कुमारी तामाङले मुख्यमन्त्रीको नियुक्ति बदर गरी अन्तरिम आदेश जारी गर्न माग गर्दै रिट दायर गरेकी थिइन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित