मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

मुख्यमन्त्री कार्कीको पक्षमा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ गरी ५७ सांसदले मतदान गरेका छन्।

विपक्षमा नेपाली कांग्रेसका २२ सांसदले मतदान गरे। राप्रपाका सभामुखसहित पाँच सांसदले मतदान गरेनन्।

जनता समाजवादी पार्टीकी एक्ली प्रदेशसभा सदस्य निर्मला लिम्बु भने बैठकमा उपस्थित भइनन्।

९३ सदस्यीय कोशी प्रदेशसभामा एक सदस्यले राजीनामा दिएकाले हाल ९२ सदस्य छन्। आजको बैठकमा ८३ सांसद उपस्थित थिए।

प्रतिक्रिया

ताजा समाचार