रास्वपाका क्षेत्रीय सभापतिको घरमा प्रहरी छापा, १ लाख ६४ हजारसहित ९ जना पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय बागलुङले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमर खड्काको घरमा सञ्चालित जुवाखालमा छापा मारेर ९ जनालाई नियन्त्रणमा लिएको छ।

बागलुङ नगरपालिका–२ निवासी खड्का रास्वपाका क्षेत्रीय सभापतिसमेत हुन्।

प्रहरीका अनुसार खड्कासहित ९ जनालाई उनको घरबाट १ लाख ६४ हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएकाहरूको स्वास्थ्य परीक्षण (मेडिकल) गराएपछि जुवा ऐनबमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार