नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

काठमाडौं। सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदीलाई नियुक्त गरेको छ।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुवेदीलाई नियुक्तिपत्र प्रदान गरेका छन्। नियुक्तिपत्र हस्तान्तरण गर्दै मन्त्री वाग्लेले इमानदारीपूर्वक कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार