‘थाकेकी हुँ, हारेकी छैन’: शल्यक्रिया गर्न चन्दा सङ्कलन गर्दै साम्बा, के भन्छ एन्फा

नेपालको महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो खुट्टामा लागेको चोटको उपचारार्थ आर्थिक सहयोगका लागि सार्वजनिक अपील गरेकी छन्।

उपचारको लागि ८०,००० हजार अमेरिकी डलर (झन्डै १ करोड १५ लाख नेपाली रुपैयाँ) खर्च लाग्ने तर त्यो जुटाउन आफू असमर्थ भएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा क्यूआर राखेर सहयोगका लागि आह्वान गरेकी हुन्। उनले विदेशमा र नेपालमा भएका दाताहरूलाई लक्षित गरी छुट्टाछुट्टै खाता उपलब्ध गराएकी छन्।

चन्दा सङ्कलन गर्ने वेवसाइट ‘givealittle.co.nz’मा खोलिएको खातामा मङ्गलवार दिउँसो २ः५५ बजेसम्म १,२०० जति दाताबाट ५१,००० न्यूजील्यान्ड डलर (४४ लाख नेपाली रुपैयाँ)भन्दा बढी रकम सङ्कलन भइसकेको देखिन्छ। उक्त मञ्चमा १.३५ लाख न्यूजील्यान्ड डलर सङ्कलन गर्ने उनको लक्ष्य छ।

उनलाई विभिन्न राजनीतिक पार्टी, हस्पिटल, कलाकार, व्यापारी र खेल क्षेत्रबाट सहयोगको प्रतिबद्धता आएको छ।

‘गोल मशीन’ उपनाम पाएकी साम्बालाई दक्षिण एशियाकै उत्कृष्ट महिला खेलाडीमध्ये एक मानिन्छ। उनले राष्ट्रिय टोलीबाट खेल्दै सर्वाधिक ५९ गोल गरिसकेकी छन्।

चन्दा किन

साम्बाका अनुसार अखिल नेपाल फुटबल सङ्घले उपचारका लागि पाँच लाख रुपैयाँ मात्र सहयोग गर्न सक्ने बताएको र आफू आबद्ध व्यावसायिक क्लबको बीमाबाट प्राप्त हुन आउने रकमले उपचारको लागि आवश्यक खर्च नउठ्ने भएपछि सहयोगका लागि सार्वजनिक आह्वान गर्नुपरेको हो।

फेसबुकमा राखेको एउटा भावुक स्ट्याटसमा उनले आफू राष्ट्रिय जर्सी लगाएर फेरि खेल्न इच्छुक रहेको उल्लेख गर्दै भनेकी छन्, “म थाकेको हुँ, हारेकी छैन। पुनः एक पटक नेपालको जर्सी लगाएर मैदान फर्कने छु।”

साम्बालाई कस्तो चोट लागेको छ

साम्बालाई सिड्नीमा वेस्टर्न वान्डरर्स र वेलिङ्टन फीनिक्सबीचको खेलमा स्वागत गर्दै नेपालको झण्डा बोकेका नेपाली दर्शकहरू
तस्बिरको क्याप्शन,साम्बालाई सिड्नीमा वेस्टर्न वान्डरर्स र वेलिङ्टन फीनिक्सबीचको खेलमा स्वागत गर्दै नेपालको झण्डा बोकेका नेपाली दर्शकहरू

साम्बा न्यूजील्यान्डको क्लब वेलिङ्टन फीनिक्सबाट अस्ट्रेलियामा व्यावसायिक फुटबल खेल्दै आएकी छन्।

प्रतिक्रिया

ताजा समाचार