
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–४ मा मतदानका क्रममा विवाद उत्पन्न भएपछि मतदान अस्थायी रूपमा रोकिएको छ। मतदानका लागि प्रयोग भएका केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि विवाद सिर्जना भएको हो।
मतदान अधिकृतको अनिवार्य हस्ताक्षर बिना मतपत्र वितरण गरिएको पाइएको भन्दै दलका प्रतिनिधि तथा मतदानस्थलमा रहेका सरोकारवालाले आपत्ति जनाएका थिए। त्यसपछि स्थिति स्पष्ट नहुँदासम्म मतदान प्रक्रिया रोकिएको जानकारी प्राप्त भएको छ।
सम्बन्धित निकायले घटनाबारे छानबिन गरिरहेको र समस्या समाधान भएपछि मात्रै मतदान प्रक्रिया पुनः सुरु गरिने जनाएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित