ललितपुर–२ मा रास्वपाका जगदीश खरेल विजयी

ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल विजयी भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार खरेलले ११ हजार ५ सय ४७ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनले १ हजार ५ सय २१ मत प्राप्त गरेका छन्।

त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनले १ हजार १ सय ३६ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार