
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहको जित लगभग निश्चित भएको छ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीभन्दा गणना बाँकी रहेको मतको तुलनामा साहको अग्रता निकै फराकिलो रहेको छ।
पछिल्लो विवरणअनुसार ७५ हजार ३ सय ७७ मत गणना हुँदा साहले ४७ हजार ७ सय ७९ मत प्राप्त गरेका छन्। उनी ३५ हजार ८० मतको अन्तरले अगाडि छन् भने ओलीले १२ हजार ६ सय ९९ मत प्राप्त गरेका छन्।
हाल ३० हजार ९ सय ५५ मत गणना गर्न बाँकी रहेको छ। यस्तो अवस्थामा साहको विजय अब औपचारिक घोषणा मात्र हुन बाँकी रहेको देखिन्छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित