
काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्यधिक मतसहित विजयी भएकी छन्। कुल १ लाख ३ मत खसेको उक्त क्षेत्रमा गौतमले ५९ हजार २ सय ७७ मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्।
उनकी निकटतम प्रतिस्पर्धी नेकपाकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत प्राप्त गरिन्। यससँगै गौतम ३८ हजार ६ सय ६२ मतान्तरसहित निर्वाचित भएकी हुन्।
उक्त क्षेत्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले जमानतसमेत जोगाउन सकेनन्। नेपाली कांग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङले ८ हजार ३ सय ४४ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे भने नेकपा (एमाले)का शंकरराज थपलियाले ५ हजार ४ मत प्राप्त गरेका छन्।
यसअघिको निर्वाचनमा यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका राप्रपाका उम्मेदवार दीपक थापा मगरले यसपटक १ हजार २ सय २६ मत मात्रै प्राप्त गरेको चितवन–३ का निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिएका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित