काभ्रे–२ मा रास्वपाका बदन भण्डारी विजयी

काभ्रे । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बदन भण्डारी भारी मतान्तरसहित विजयी भएका छन्।

भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्यलाई ३५ हजार ४ सय ७६ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।

अन्तिम मतपरिणाम अनुसार भण्डारीले ५३ हजार ३ सय ४४ मत प्राप्त गरेका छन् भने आचार्य १७ हजार ८ सय ६८ मतमा सीमित भएका छन्।

त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार अशोक ब्यान्जुले १३ हजार ९ सय ४० मत प्राप्त गरेका छन् भने नेकपाकी उम्मेदवार वसुन्धरा हुमागाईंले ८ हजार १ सय ७ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया

ताजा समाचार