झापा–५ मा अन्तिम मतपरिणाम सार्वजनिक हुने तयारी, सुरक्षा व्यवस्था कडा

काठमाडौं । सर्वाधिक चासोको क्षेत्रका रूपमा रहेको झापा–५ मा अन्तिम मतपरिणाम सार्वजनिक हुने तयारी गरिएको छ।

पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले ५९ हजार ५ सय ६८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १६ हजार ३ सय ५० मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगले केहीबेरमै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ। परिणाम घोषणा हुनुअघि सम्भावित भीडलाई ध्यानमा राख्दै उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार