
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार तोसिमा कार्की ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन्।
अन्तिम मतपरिणामअनुसार कार्कीले ४३ हजार ९६ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरे।
त्यस्तै, नेकपा (एमाले)का सन्दन थापा मगरले ३ हजार २ सय ९७ मत, नेकपा (माओवादी केन्द्र)का राजकाजी महर्जनले ६ हजार २२ मत प्राप्त गरे। राप्रपा उम्मेदवार सबिनकुमार खड्काले २ हजार ३७ मत पाए भने श्रम संस्कृति पार्टीका ऋतुवर्तन राईले १ हजार ४७२ मत र उज्यालो नेपाल पार्टीका विजय पन्तले १ हजार ३२० मत प्राप्त गरे।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित