झापा-५ मा रास्वपाका बालेन्द्र शाहको फराकिलो जित, केपी ओलीको लज्जास्पद हार

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह झापा–५ मा विजयी भएका छन्। यससँगै ओलीको लामो चुनावी विरासत भत्किएको देखिएको छ।

ओलीले संसदीय चुनावमा पराजय खेप्नु यो दोस्रोपटक हो। यसअघि उनले झापाका विभिन्न क्षेत्रबाट ६ पटक विजयी भएका थिए। २०६४ सालको संविधान सभा चुनावमा माओवादी लहरका कारण झापा–७ बाट पराजय भोग्नुपरेको थियो।

२०७९ को निर्वाचनमा ओलीले देशभर सर्वाधिक मत प्राप्त गरेर विजयी भएका थिए। तर यसपटक रास्वपाका उम्मेदवार बालेन्द्र साहले देशभरकै सर्वाधिक मत ल्याएर ओलीलाई पराजित गरेका छन्।

झापामा कुल १ लाख ६ हजार ३७२ मत खसेकोमा बालेन्द्र साहले ६८ हजार ३४८ मत प्राप्त गरे भने ओली १८ हजार ७३४ मतमा सीमित भए। दुवैबीच मतान्तर ४९ हजार ६ सय १४ रहेको छ।

बालेन्द्रले ल्याएको मत अहिलेसम्मको सर्वाधिक हो भने मतान्तर दोस्रो ठूलो हो। यसअघि रुपन्देही–३ बाट लेखजंग थापाले ५० हजार मतान्तरले जित हासिल गरेका थिए। यस क्षेत्रमा अन्य सबै उम्मेदवारको जमानत जफत भएको छ।

प्रतिक्रिया

ताजा समाचार