
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि ढकाल ४५ हजार १ सय ७५ मतान्तरले विजयी भएका छन्।
ढकालले ५८ हजार २ सय ८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले १३ हजार ३३ मत प्राप्त गरेका छन्।
यसरी ढकालले बुर्लाकोटीलाई ४५ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्। ढकाल यसअघि पनि चितवन–१ बाट निर्वाचित भएका थिए।
त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार दावा दोर्जे लामाले १० हजार ८ सय ९९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन् भने नेकपाका उम्मेदवार कृष्ण पन्तले ४ हजार ८१ मत प्राप्त गरेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित