कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

महेन्द्रनगर । प्रतिनिधिसभा सदस्यअन्तर्गत कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू निर्वाचित हुनुभएको छ ।

यहाँको कञ्चनपुर १ मा रास्वपाका जनकसिंह धामी विजयी हुनुभएको छ । २४ हजार ३३२ मतसहित उहाँ विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिना मगरले ११ हजार ११०, नेपाली कांग्रेसका उम्मेदवार गोपीप्रसाद उपाध्यायले आठ हजार ४६७ मत प्राप्त गर्नुभयो । त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार तारा लामा तामाङले आठ हजार ८८ मत प्राप्त गर्नुभएको छ । कञ्चनपुर १ मा कुल ६१ हजार ७४ मत खसेको थियो ।

त्यसैगरी कञ्चनपुर २ मा पनि रास्वपाका दीपकराज बोहरा भारी मतान्तरले विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका नारायणप्रकाश साउदलाई पराजित गर्नुभएको हो ।

प्रतिक्रिया

ताजा समाचार