मकवानपुर–१ मा रास्वपाका प्रकाश गौतम विजयी

हेटौँडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा हेभिवेट उम्मेदवारहरूलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश गौतम विजयी भएका छन्।

गौतमले ३३ हजार ६३४ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस की महालक्ष्मी उपाध्याय डिना ले १० हजार ८०३ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेकी छन्।

यसैगरी नेकपा एमाले का रामेश्वर राना ले १० हजार ३३७ मत प्राप्त गरेका छन्। उज्यालो नेपाल पार्टी का सुरेन्द्र लामा ले ७ हजार ९७१ मत ल्याएर चौथो स्थान हासिल गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी का विजय गौतम ले ७ हजार ५०८ मत प्राप्त गर्दै पाँचौँ स्थानमा रहेका छन्।

अघिल्लो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक सिंह ले महालक्ष्मी उपाध्याय डिना र कमल थापा लाई पराजित गरेका थिए। तर यसपटक सिंह ३ हजार ९३२ मतमै सीमित भएका छन्।

प्रतिक्रिया

ताजा समाचार