
काठमाडौं । आईसीसी टी–२० विश्वकपको फाइनलमा भारतले न्यूजिल्याण्डलाई २५६ रनको विशाल लक्ष्य दिएको छ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङको अवसर पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५५ रन बनायो।
भारतका लागि सञ्जु सामसन, अभिषेक शर्मा र इशान किशनले अर्धशतकीय पारी खेले। सञ्जु सामसनले ४६ बलमा आठ छक्का र पाँच चौकासहित ८९ रन बनाए। इशान किशनले २५ बलमा चार छक्का र चार चौकाको मद्दतमा ५४ रन जोडे भने अभिषेक शर्माले २१ बलमा ६ चौका र तीन छक्कासहित ५२ रनको योगदान दिए।
न्यूजिल्याण्डका लागि जिमी नीशमले सर्वाधिक तीन विकेट लिए।
भारत तेस्रो पटक टी–२० विश्वकप उपाधि जित्ने लक्ष्यमा रहेको छ भने न्यूजिल्याण्ड पहिलो पटक उपाधि जित्ने प्रयासमा छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित