सिरहा जिल्ला अदालतअगाडि कुकर बम विस्फोट

जनकपुरधाम । सिरहा जिल्ला अदालतअगाडि कुकर बम विस्फोट भएको छ।

जिल्ला अदालतअगाडि रहेको मधेश ल फर्ममा कुकर बम विस्फोट भएको प्रत्यक्षदर्शी पत्रकार अर्जुन थपलियाले जानकारी दिएका छन्। विस्फोटका कारण ल फर्मको सिसा फुटेको छ भने भित्र रहेका कागजात र फर्निचरमा पनि क्षति पुगेको छ।

घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार