महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

काठमाडौं। म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुन माथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१३ बाँझापाटन बस्ने ४३ वर्षीय विकास गुरुङ रहेका छन्।

प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेत का अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले वडा नम्बर ९ महेन्द्रपुलबाट गुरुङलाई पक्राउ गरेको हो।

उनका अनुसार गुरुङमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। बस्नेतका अनुसार गुरुङ यसअघि तीन पटक लागूऔषध सम्बन्धी मुद्दामा सजाय भुक्तान गरिसकेको समेत पाइएको छ।

पृथ्वीचोक स्थित स्थानमा महावीर पुन लगायतको टोलीले पुस्तक बिक्री गरिरहेको बेला गुरुङले अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको थियो।

प्रतिक्रिया

ताजा समाचार