
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका उपाध्यक्ष दिल विकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्य लाई कारबाही गरेको जनाएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन ले उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्यलाई साधारण सदस्य मात्र रहने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाइएको जानकारी दिएका हुन्।
अध्यक्ष लिङदेनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राप्रपाका उपाध्यक्ष दिल विकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई साधारण सदस्य मात्र रहने गरी सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको छु।”
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित