समानुपातिक उम्मेदवारको नाम टुङ्ग्याउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

काठमाडौँ । नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बसिरहेको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बिपीनगर, ललितपुर मा केहीबेरअघि सुरु भएको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलोपटक बसेको यस बैठकले समानुपातिकतर्फका उम्मेदवारहरूको नाम टुङ्गो लगाउने बताइएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन मा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ २० सिट जितेको छ।

प्रतिक्रिया

ताजा समाचार