मन्त्रिपरिषद् बैठक सुरु, जाँचबुझ आयोगको प्रतिवेदन पेश गरिँदै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटार मा सुरु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले जनाएको छ।

बैठकमा जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन पेश गरिँदैछ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको तीन सदस्यीय आयोगले गत फागुन २४ गते प्रधानमन्त्री सुशीला कार्की समक्ष प्रतिवेदन बुझाएको थियो।

करिब एक साताको अध्ययनपछि उक्त प्रतिवेदन आज मन्त्रिपरिषद् बैठकमा औपचारिक रूपमा पेश गर्न लागिएको हो।

प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने सरकारको तयारी रहेको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार