
काठमाडौँ । श्रम संस्कृति पार्टी ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत आफ्ना उम्मेदवारहरूको आधिकारिक सूची सार्वजनिक गरेको छ।
पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आइतबार औपचारिक रूपमा उम्मेदवारहरूको नाम घोषणा गरिएको पार्टीका प्रवक्ता सत्य घले गुरुङ ले जानकारी दिए।
समानुपातिकतर्फ छनोट गरिएका उम्मेदवारहरूमा आदिवासी जनजाति समूहबाट पूर्ण प्रसाद लिम्बु, खस आर्यबाट अम्बिका देवी सङ्ग्रौला, दलित समुदायबाट राधिका रम्तेल र मधेसी समुदायबाट रुबी कुमारी ठाकुर रहेका छन्।
कुल चार जना उम्मेदवारमध्ये एक पुरुष र तीन महिला रहेका छन्।
पार्टीले आफ्नो विधान, योग्यता र क्षमताका आधारमा उम्मेदवार छनोट गरिएको र सोही अनुसार नाम सम्बन्धित निकायमा पठाइसकिएको प्रवक्ता गुरुङले बताए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित