इनिशा विकलाई न्यायको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौँ । इनिशा विकलाई न्याय दिनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै युवा, विद्यार्थी, अधिकारकर्मी तथा सर्वसाधारणले प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले ‘इनिशा विकलाई न्याय दे’, ‘दोषीलाई उम्काउन पाइँदैन’, ‘महिला हिंसा अन्त्य गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

शान्तिपूर्ण रूपमा भेला भएका प्रदर्शनकारीहरूले राज्य प्रशासनले उक्त घटनालाई गम्भीरतापूर्वक लिएर निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार