
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम काठमाडौंमा सुरू भएको छ।
दुई दिने उक्त कार्यक्रम ललितपुरमा मंगलबारदेखि सुरू भएको हो। कार्यक्रमको उद्घाटन पार्टीका उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर गरेका छन्।
अभिमुखीकरण कार्यक्रममा प्रत्यक्ष तथा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूको सहभागिता रहेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले १८२ सिट जितेको थियो।
पार्टीका अधिकांश सांसद नयाँ भएकाले संसदीय अभ्यास, आचारसंहिता तथा नीतिगत विषयमा ज्ञान अभिवृद्धि गराउने उद्देश्यले दुई दिने कार्यशाला आयोजना गरिएको रास्वपाले जनाएको छ।
कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया, संसद्को कार्यप्रणाली, जनप्रतिनिधिको जिम्मेवारी तथा पार्टीले अवलम्बन गर्नुपर्ने नीतिहरूका विषयमा प्रशिक्षण दिइनेछ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित