रास्वपा सांसद गुरुङ भन्छन्– तलब लिन्नँ, आफ्नै गाडी प्रयोग गर्छु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङले आफूले तलब भत्ता नलिने बताएका छन्।

पार्टीको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका गुरुङले आफूले सरकारी तलब, भत्ता तथा अन्य सेवा–सुविधा नलिने स्पष्ट पारे।

उनले भने, “म तलब खान्नँ, किन खानु? हामी आफैं सक्षम छौं।”

गुरुङले आफूले व्यक्तिगत रूपमा आफ्नै गाडी प्रयोग गर्ने पनि बताए। यद्यपि, सांसदहरूलाई सरकारी गाडी सुविधा भने उपलब्ध हुँदैन।

प्रतिक्रिया

ताजा समाचार