
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित बालाबेँसीमा हेलिकोप्टर दुर्घटना भएको छ।
काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन्। उनका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।
केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा अवतरण गर्ने क्रममा हेलिकोप्टर असन्तुलित भएको थियो। डिलमा अवतरण गर्न लागेपछि हेलिकोप्टरलाई उठाएर बारीको बीच भागमा लैजान खोज्दा दुर्घटना भएको उनले बताए।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित