समानुपातिक सांसदलाई आयोगद्वारा प्रमाणपत्र वितरण

काठमाडौं। निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गरेको छ। बिहीबार आयोगमा आयोजित विशेष समारोहमा प्रमुख आयुक्त रामप्रसाद भण्डारीले ती सांसदहरूलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

समानुपातिक निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७ सांसद निर्वाचित भएका छन्। यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट १६, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ४–४ जना सांसद निर्वाचित भएका छन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ।

आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेपछि राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार