सरकार गठनबारे रास्वपाका शीर्ष नेताबीच छलफल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरू सरकार गठनबारे छलफलमा जुटेका छन्।

सभापति रवि लामिछाने, उपसभापतिद्वय स्वर्णिम वाग्ले र डिपी अर्याल तथा वरिष्ठ नेता बालेन्द्र शाहबीच उक्त छलफल भएको हो।

उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै ‘राजकाज आज साँझको छलफल’ उल्लेख गरेका छन्, जसले नयाँ सरकार गठनबारे आन्तरिक परामर्श भएको संकेत गरेको छ।

प्रतिक्रिया

ताजा समाचार