
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता चयनका लागि मतदान नगर्ने निर्णय गरेको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार शीर्ष नेताहरूबीचको छलफलपछि सबै निर्वाचित सांसदहरूको सहमतिमै संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्ने सहमति बनेको हो।
सो सहमतिअनुसार रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने निर्णय गरिएको छ। पार्टीभित्र व्यापक सहमति जुटेपछि उनलाई सर्वसम्मत रूपमा चयन गर्ने तयारी गरिएको बताइएको छ।
उक्त निर्णयलाई औपचारिकता दिन आगामी चैत १२ गतेतिर केन्द्रीय समिति बैठक बोलाउने तयारी भइरहेको पनि जनाइएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित