
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठक उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा सञ्चालन भइरहेको छ।
राजीनामा दिएका गगन थापा बैठकमा सहभागी छैनन्। उनको कुर्सी खाली राखेर बैठक सुरु गरिएको छ।
आजको बैठकमा सभापति शेरबहादुर देउवाको राजीनामा र चुनावी समीक्षा मुख्य एजेन्डाका रूपमा रहेका छन्। उपसभापति शर्माले बैठकले सभापति देउवाको राजीनामा अस्वीकृत गर्ने सम्भावना रहेको बताएका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित