बुटवलसहित लुम्बिनीमा भीषण हावाहुरी, दिउँसै अँध्यारो

रूपन्देही । बुटवलसहित लुम्बिनी प्रदेशका विभिन्न स्थानमा शक्तिशाली हावाहुरी चलेको छ।

मौसम विज्ञान विभागले दाङ, बाँकेसहित प्रदेशका विभिन्न जिल्लामा ठूलो हुरीसहित वर्षा हुने पूर्वानुमान गर्दै सतर्कता अपनाउन आग्रह गरेको थियो।

हाल बुटवलसहित पश्चिम क्षेत्रका विभिन्न स्थानमा हावाहुरीका कारण दिउँसै अँध्यारो भएको छ। हल्का वर्षासँगै तीव्र हावा चलेको जनाइएको छ।

यस्तो अवस्थामा रुख ढल्ने, कमजोर संरचना उड्ने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेकोले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाँकेका केही स्थानीय तहहरूले भने हावाहुरीको जोखिमलाई ध्यानमा राख्दै आज बिदा दिएका छन्। प्रभावित क्षेत्रमा अहिले अन्धकारजस्तै अवस्था देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार