
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गरिएको छ।
पार्टीका उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव प्रस्तुत गरेका हुन्। सो प्रस्तावसँगै पार्टीको चुनावी समीक्षा प्रतिवेदन पनि पेश गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै चालिसेले भने, “राजीनामा नैतिक मूल्यमा आधारित थियो। हामीले भोगेको पराजय कुनै एक व्यक्तिसँग मात्र सम्बन्धित थिएन, यो लामो समयदेखिको परिणाम हो। ५० दिन मात्रै काम गर्ने अवसर पाएका थियौँ, त्यो पर्याप्त भएन, त्यसैले यस्तो नतिजा आएको हो।”
थापाको राजीनामाका विषयमा धेरै केन्द्रीय सदस्यहरूले पनि अस्वीकृत गर्ने धारणा राखिरहेको अवस्था रहेको उनले बताए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित