गुम्बा, चर्च तथा मदरसाका गतिविधि निगरानी गर्न कार्की आयोगको सुझाव

काठमाडौं । भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले काठमाडौंभित्र रहेका आलिसान गुम्बाहरूका साथै देशभर निर्माण भएका चर्च र मदरसाहरूको गतिविधि निगरानी गर्न सुझाव दिएको छ।

आयोगको प्रतिवेदनमा भदौ २३ र २४ को आन्दोलनमा टीओबीको संलग्नताको उल्लेख गरिए पनि उनीहरूमाथि कारबाहीको स्पष्ट सिफारिस गरिएको छैन।

तर, प्रतिवेदनमा काठमाडौं उपत्यकाभित्रका डाँडाहरूमा निर्माण गरिएका विशाल तथा आलिसान गुम्बाहरूको सरकारले प्रभावकारी रूपमा अनुगमन गर्नुपर्ने उल्लेख गरिएको छ। त्यसैगरी, मुस्लिम समुदायका बालबालिकालाई शिक्षा प्रदान गर्ने मदरसा तथा क्रिश्चियन समुदायका चर्चहरूमा प्राप्त हुने आर्थिक सहयोग (फण्ड) र त्यहाँ सञ्चालन हुने गतिविधिहरूको समेत निगरानी गर्न सुझाव दिइएको छ।

यी संस्थाहरूमा हुने गतिविधिहरूले राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने भएकाले मुलुकले आफ्नो गुप्तचरी क्षमता तत्काल सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

प्रतिक्रिया

ताजा समाचार