हतार होइन, सोचविचारसहित अघि बढ्न सरकारलाई संविधानविद् अधिकारीको सुझाव

काठमाडौं । संविधानविद् डा. विपिन अधिकारी ले सरकारलाई हतारमा निर्णय नगरी विचार पुर्‍याएर अघि बढ्न सुझाव दिएका छन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक को पक्राउपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

‘सावधानीको नोट’ शीर्षकमा उनले लेखेका छन्, “एकछिन विचार पुर्‍याउनुहोस्। हतारमा गरिएका प्रतिक्रियाभन्दा सोचविचार गरेर गरिएका निर्णयहरूले बलियो परिणाम दिन्छन्।”

उनका अनुसार आजको स्पष्टताले भोलिका लागि आत्मविश्वास निर्माण गर्छ। साथै उनले गौरीबहादुर कार्की आयोग को प्रतिवेदन द्रूत मार्ग नभएको उल्लेख गरेका छन्।

“कार्की प्रतिवेदन द्रूत मार्ग होइन। यसले स्पष्टता, अध्ययन र विचारशील कार्यको लागि आह्वान गर्छ—हतार होइन,” उनले भनेका छन्।

प्रतिक्रिया

ताजा समाचार