
काठमाडौं । घण्टाघर स्थित त्रिचन्द्र कलेज नजिक रहेको एक थकाली रेष्टुरेन्टमा आगलागी भएको छ।
आगलागी भएको खबरपछि घटनास्थलमा स्थानीय बासिन्दा तथा सुरक्षाकर्मी परिचालन गरिएको छ।
आगो नियन्त्रणका लागि दमकल, प्रहरी र स्थानीयवासीको सक्रियता रहेको छ। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।
घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित