
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदैछ।
गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइको माग गर्दै आइतबार दायर गरिएको रिटमा सोमबारका लागि पेसी तोकिएको हो।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका घटनामा अनुसन्धानका लागि पक्राउ परेका उनीहरूका तर्फबाट बन्दीप्रत्यक्षीकरण रिट दायर गरिएको हो। ओलीका तर्फबाट राधिका शाक्य र लेखकका तर्फबाट यशोदा लेखकले निवेदन दर्ता गराएका हुन्।
जेन–जी आन्दोलनका क्रममा भएको दमनमा जिम्मेवार ठहर गर्दै गठन गरिएको छानबिन आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही प्रतिवेदनका आधारमा वर्तमान सरकारले शनिबार उनीहरूलाई पक्राउ गरेको हो।
अब अदालतको सुनुवाइबाट उनीहरूको थुनाको वैधता र रिहाइबारे निर्णय हुने अपेक्षा गरिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित