
काठमाडौं । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिरी जमानीमा रिहा भएका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सुविधानगरस्थित निवासबाटै पक्राउ गरेको थियो। तर पक्राउ परेको केही समयमै जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई भतिजको जिम्मा लगाएर छाडेको हो।
परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आवश्यक कागजात बुझाएपछि रिजाललाई खोजेको बखत उपस्थित हुने सर्तमा जिम्मा जमानीमा रिहा गरिएको हो।
रिजालमाथि गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’मा दमन गरेको आरोप लागेको छ। उक्त आन्दोलनका बेला उनी काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए।
आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही गर्न सिफारिस गरेको थियो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित