कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौं । चर्चित हास्य कलाकार सागर लम्साल (बले) लाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार उनलाई बूढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

लम्सालमाथि बलात्कारको आरोप लागेको छ। अमेरिकामा बस्दै आएकी एक युवतीले शुक्रबार सामाजिक सञ्जालमार्फत आफूलाई अमेरिकामै बलात्कार गरिएको आरोप सार्वजनिक गरेकी थिइन्। सोही आरोपका आधारमा प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक प्रक्रिया अगाडि बढाइने जानकारी दिएको छ। आरोपबारे विस्तृत विवरण भने अनुसन्धानपछि मात्रै सार्वजनिक गरिने बताइएको छ।

यस घटनापछि सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ भने सम्बन्धित पक्षहरूले निष्पक्ष छानबिनको माग गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार