
काठमाडौं । कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनलाई पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।
लम्साललाई शनिबार कपनको बालुवाखानीस्थित निवासबाट पक्राउ गरिएको थियो। प्रहरीका अनुसार बलात्कार सम्बन्धी कसुरमा औपचारिक जाहेरी नआएपछि अभद्र व्यवहार मुद्दामा म्याद थप गरिएको हो।
यसअघि अमेरिका बस्दै आएकी कलाकार संगम बिष्टले सामाजिक सञ्जालमार्फत लम्सालमाथि गम्भीर आरोप लगाएकी थिइन्। सोही आरोपपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित