
काठमाडौं नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालक समितिले अबदेखि शुक्रबार पनि शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ।
सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले सो दिन कारोबार बन्द गरी त्यसको सट्टा शुक्रबार बजार खुला गर्ने निर्णय गरेको हो।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार, आइतबार बिदा भएपछि उक्त दिन शेयर कारोबार नहुने र त्यसको विकल्पका रूपमा शुक्रबार कारोबार सञ्चालन गरिनेछ।
यसअघि शुक्रबार शेयर कारोबार बन्द हुने गरेको थियो। अब भने साताको कारोबार दिन सोमबारदेखि शुक्रबारसम्म कायम हुनेछ, जबकि आइतबार बजार बन्द रहनेछ।
सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्यले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित