ओली–लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, म्याद नथप्न सर्वोच्चको आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

यद्यपि अदालतले अब उनीहरूको म्याद नथप्न परमादेश जारी गरेको छ। न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले यस्तो आदेश दिएको हो।

ओली र लेखक दुवैको हिजो मात्र तेस्रो पटक पाँच दिनका लागि म्याद थप गरिएको थियो।

सर्वोच्चको परमादेशअनुसार अब थप म्याद दिन पाइने छैन र पाँच दिनभित्र मुद्दा दर्ता  बुझाउनुपर्ने हुन्छ ।

अन्यथा उनीहरूलाई साधारण तारेख वा धरौटीमा रिहा गर्नुपर्ने अवस्था आउनेछ।

प्रतिक्रिया

ताजा समाचार