मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो ।

यो बैठक आकस्मिक रूपमा आह्वान गरिएको हो भने यसको एजेण्डा हालसम्म सार्वजनिक गरिएको छैन ।

यसैबीच, गृहमन्त्री सुधन गुरुङ बिहान काभ्रेको रोशी खोला क्षेत्रको भ्रमणमा जाने तयारीमा थिए । तर, आकस्मिक मन्त्रिपरिषद् बैठकका कारण उनको भ्रमण स्थगित भएको छ । बैठक सम्पन्न भएपछि उनी काभ्रे जाने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार