
काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा सोही बैंकका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरका दुई पद रिक्त रहेका थिए । डेपुटी गभर्नर नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र अवकाश प्राप्त गरेपछि ती पदहरू खाली भएका थिए । तीमध्ये एक पदमा पण्डित नियुक्त भएका हुन् ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित