
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्ने भन्सार करमा ठूलो छुट दिने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टितेल आयात गर्दा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।
यस निर्णयपछि यी इन्धन पदार्थ आयात गर्दा व्यवसायीले तिर्नुपर्ने कर आधा घट्नेछ, जसले इन्धनको लागत घटाउन र बजार मूल्य स्थिर राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित