राप्रपाकी सांसद सरस्वती लामाले दिइन् उपसभामुखमा उम्मेदवारी 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।

संघीय संसद् सचिवालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावक राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही रहेका छन् । लामा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङकी पत्नी हुन् ।

उनी आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक प्रणालीमार्फत सांसद बनेकी हुन् ।

प्रतिक्रिया

ताजा समाचार